Top_Header_Right_Add

जरिवाना नलिन माग गर्दै यातायात कार्यालयलाई ज्ञापन पत्र

3

बीरगञ्ज फागुन ३ गते । मधेस आन्दोलनका क्रममा बन्द अवधिको जरिवाना नलिन नारायणी अञ्चल यातायात व्यवस्था कार्यालयमा संघीय समावेशी मधेसी युवा गठबन्धन पर्साले सोमवार ज्ञापनपत्र बुझाएका छन् ।

बिगत ६ महिनादेखि जारी मधेस आन्दोलन २०७२ को क्रममा बन्द हडताल र नाका अवरोधले गर्दा आम नागरिकहरुको जनजिवन कष्टपुर्ण हुनुको साथै आर्थिक अवस्था निकै नै दयनिय भएको भन्दै बन्द अवधिको जरिवाना नलिन यातायात कार्यालयमा गठबन्धन पर्सा संयोजक ईश्वर यादव नेतृत्वको टोलीले कार्यालय प्रमुख राजेन्द्र प्रसाद घिमिरेलाई ज्ञापन पत्र बुझाएको थियो ।
आन्दोलनमा  हरेक जातजाती, धर्म र समुदायको व्यक्तिहरुले आ–आफनो तरिकाले ऐक्यवद्धता जनाउनुको साथै मधेसको माँगहरु पुरा गर्न सरकार एवं प्रमुख दलहरुलाई  दवाव दिदै आएका छन् । सोही अनुरुप आन्दोलन अवधिभरि आर्थिक अवस्था जर्जर भएको भन्दै यातायात कार्यालयले बन्द अवधि भरिको जरिवाना नलिन गठबन्धनका टोलीले कार्यालय प्रमुखको ध्यानाकर्षण गराएका छन् । आम जनभावनाको कदर नगरिए हामी कडा कदम चाल्ने बाध्यात्मक अवस्था सृजना नहोस भनी चेतावनी समेत दिएको थियो ।
टोलीले नारायणी अञ्चल यातायात व्यवस्थाको सवारी चालक कार्यालयका शाखा अधिकृतद्वय शालिग्राम पौडेल र उमेश रेग्मीलाई समेत ज्ञापन पत्र बुझाउँदै मधेस बन्द अवधिको जरिवाना नलिन समेत ध्यानाकर्षण गराएका छन् । ज्ञापन पत्र बुझाउने टोलीमा युवा गठबन्धन पर्साका सह–संयोजक धर्मेन्द्र पटेल, सचिव रोशन कुमार, सल्लाहकार ओम प्रकाश सर्राफ, जिल्ला सदस्य फिरोज बादशाह, विनोद पटेल, क्षेत्र नम्वर २ का संयोजक  अशरफ अलिलगायतको सहभागिता रहेको थियो ।

Comment
Top_Header_Right_Add