Fri. Apr 24th, 2026
English मे देखने के लिए क्लिक करें

भारतीय महावाणिज्य दूतावास, बीरगंजको तर्फ बाट, बधाई तथा शुभकामना

 

भारतीय महावाणिज्य दूतावास, बीरगंजको तर्फबाट, म, भारतको ७५औँ गणतन्त्र दिवसको शुभ अवसरमा भारतीय समुदाय र नेपालमा रहेका भारतका मित्रहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु। हामीले पछिल्लो समयमा धेरै कार्यक्रम आयोजना गरेका छौं जसमा राम्रो संख्यामा यहाँहरूको उपस्थिति रहेको थियाे। भारतीय महावाणिज्य दूतावासकाे कार्यक्रममा सहभागी भई सफल बनाउनुहुने महानुभावहरूलाई धन्यवाद ज्ञापन गर्दछाैँ ।

 

  1. वाणिज्य दूतावासले नेपालमा भारतीय नागरिकहरूलाई दर्ता प्रमाणपत्र जारी गर्दछ र आफ्नो क्षेत्राधिकारमा बस्ने भारतीय नागरिकहरूको गुनासोहरू समाधान गर्न मासिक खुला मंचको आयोजना गर्दछ। हालसम्म २२ वटा यस्ता खुला मंचको आयोजना भइसकेको छ । मधेस प्रदेशका पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लाहरू तता वाग्मती प्रदेशका मकवानपुर र चितवन जिल्लाहरूमा बसोबास गर्ने सबै भारतीयहरुलाई बीरगंज स्थित भारतीय महावाणिज्य दूतावासमा दर्ता गराउन प्राेत्साहित गर्दछाैं।
  2. भारतीय महावाणिज्य दूतावास नदीको तटबन्ध, एकीकृत जाँच चौकी, रेलमार्ग निर्माण, दुई देशबीचको द्विपक्षीय व्यापारमा उत्प्रेरकको रूपमा काम गर्नु बाहेक नेपालका जनतालाई शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधारको विकास, विद्यार्थीलाई छात्रवृत्ति, विश्वसनीय संस्थालाई एम्बुलेन्स/बस उपलब्ध गराउने लगायतका क्षेत्रमा सहयोग गर्न प्रतिबद्ध छ । माननीय भारतका विदेशमन्त्रीज्युको सन् २०२४ जनवरी ४ देखि ५ सम्मको नेपाल भ्रमणका क्रममा नेपालमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू (HICDPs) कार्यान्वयनका लागि भारत सरकार र नेपाल सरकार बीच सम्झौता भएको थियो। नयाँ सम्झौतामा एचआईसीडीपीहरू कार्यान्वयनका लागि बजेटको सीमा पहिलेको ५ करोड रुपैयाँ बाट २० करोड रुपैयाँ सम्म बढाइएको छ । यो सम्झौताले नेपाली जनताको जीवन र भविष्यमा सुधारका लागि नेपालमा ठूला परियोजनाहरू कार्यान्वयन गर्न निश्चित रूपमा  मार्ग प्रशस्त गर्नेछ।
यह भी पढें   सिटिजन्स बैंक की १९ वीं वार्षिकोत्सव के अवसर पर रक्तदान

 

  1. वाणिज्य दूतावासले नेपाल र भारतका सीमावर्ती जिल्लाका जिल्ला प्रशासनहरूबीच समसामयिक हितका विषयमा भारत–नेपाल सीमा समन्वय बैठक आयोजना गर्दै आएको छ । सीमापार आपराधिक गतिविधि, लागुऔषध ओसारपसार, विभिन्न प्रतिबन्धित सामानकाे ओसारपाेसार, आतङ्ककारी तत्वको गतिबिधि र मानव बेचबिखन नियन्त्रण, आदि गर्न दुवै देशका प्रशासन र सीमा सुरक्षा बलबीच राम्रो समन्वयका लागि हालै जनकपुर, बिरगंज र रौतहटमा यस्ता बैठक सम्पन्न भएका छन् ।

 

  1. वाणिज्य दूतावासले भारतको छोटो र लामो अवधिको भ्रमणका लागि विभिन्न निजी र सार्वजनिक यातायातका सवारी साधनहरूलाई सवारी अनुमति प्रदान गर्दछ। वाणिज्य दूतावासले दुई देशबीचको द्विपक्षीय व्यापारको विकास र सहजीकरण गर्न विभिन्न सरोकारवालाहरूसँग काम गर्दछ। वाणिज्य दूतावास द्वारा भारत–नेपाल सेन्टर अफ पीएचडी चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज (PHDCCI) र बीरगंज चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज (BiCCI) को सहकार्यमा ‘भारत–नेपाल आर्थिक साझेदारी शिखर सम्मेलन २०२३’ को दोस्रो संस्करणको आयोजना डिसेम्बर20, 2023 मा बीरगंजमा गरियाे। शिखर सम्मेलनको प्राथमिक उद्देश्य प्रमुख आर्थिक क्षेत्रहरूमा व्यापार संलग्नताका नयाँ मार्गहरू खोल्नु थियो, जसले द्विपक्षीय व्यापारलाई महत्त्वपूर्ण प्राेत्साहन दिनेछ। वाणिज्य दूतावासले दुई देशका व्यापारीहरू बीचको व्यापार विवादमा मध्यस्थता पनि गर्दछ। वाणिज्य दूतावासको प्रयासमा कोभिड–१९ को महामारीका कारण बन्द भएको मटिअर्वा–आदापुर नाकाबाट सवारी आवागमन जनवरी १५, २०२४ देखि पुनः सुचारु भएको छ । त्यसैगरी, गौर–बैरगनिया नाका बिहान ६ बजेदेखि राति १० बजेसम्मको सट्टा बिहान ५ बजेदेखि राति ११ बजेसम्म खुला गर्नका लागि वाणिज्य दूतावासले सराेकारवाला निकायसँग गरेको हस्तक्षेपपछि गौर–बैरगनिया सीमानाका जनताको माग पनि  पूरा भएको छ ।
यह भी पढें   नेपाल की राजनीति में ‘परशुराम से राम’ का संक्रमण: एक नए युग का संकेत : अजयकुमार झा

 

  1. भारतका माननीय विदेशमन्त्री डा. एस. जयशंकरज्युको नेपाल भ्रमणका क्रममा नेपाल सरकार र भारत सरकार बीच दीर्घकालीन विद्युत व्यापार गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । यस सम्झौता अन्तर्गत १० वर्षको अवधिमा नेपालबाट भारतमा हुने विद्युत् निर्यातको मात्रा १० हजार मेगावाट सम्म पुर्‍याउने र त्यसका लागि विद्युत उत्पादन क्षेत्र र प्रसारण पूर्वाधार क्षेत्रमा पारस्परिक लाभकारी लगानीलाई प्रोत्साहन गर्न आवश्यक सबै उपाय अवलम्बन गर्ने सहमति भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले विकसित गरेको मुनाल स्याटेलाइट प्रक्षेपणका लागि न्यू स्पेस इन्डिया लिमिटेड र नेपाल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजीबीच प्रक्षेपण सेवा सम्झौता पनि भएको छ । नेपाली विद्यार्थीहरु द्वारा विकास गरिएको यो भूउपग्रहलाई भारतीय प्रक्षेपण रकेटबाट नि:शुल्क प्रक्षेपण गरिने छ । त्यसैगरी एनटीपीसी लिमिटेड र नेपाल विद्युत प्राधिकरणबीच नवीकरणीय ऊर्जा विकासमा सहयोग गर्ने समझाैता पनि भएको छ । यस समझाैताले NTPC र NEA बीच नवीकरणीय ऊर्जामा सहयोगको लागि एक रूपरेखा सिर्जना गर्दछ। भारतीय विदेशमन्त्री र उनका नेपाली समकक्षी द्वारा रक्सौल–परवानीपुर लाइनको दोस्रो सर्किट, कटैया–कुशाहा लाइनको दोस्रो सर्किट र नयाँ नौतनवा–मैनहैया लाइन गरी तीनवटा १३२ केभी क्रस बोर्डर प्रसारण लाइनको संयुक्त रुपमा उद्घाटन गरियाेस ।
यह भी पढें   मनुमुक्त 'मानव' मेमोरियल ट्रस्ट द्वारा स्मृति-समारोह आयोजित *राजेंद्रसिंह रावल को मिला 11,000/- का मातादीन-मूर्तिदेवी स्मृति-पुरस्कार

 

  1. भारतले आफ्नो “छिमेकी पहिलो” नीति अंतर्गत नेपालसँगको सम्बन्धलाई अत्यन्तै महत्त्व दिन्छ र विभिन्न पहलहरू मार्फत नेपालका जनतालाई सहयोग जारी राख्नेछ। वाणिज्य दूतावास दुई सरकारबीचको सम्बन्धलाई थप मजबुत बनाउन नजिकबाट काम गर्न तत्पर छ।

जय हिन्द, जय नेपाल

बीरगंज (नेपाल)

जनवरी २६, २०२४

About Author

आप हमें फ़ेसबुक, ट्विटर और यूट्यूब पर फ़ॉलो भी कर सकते हैं.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may missed