Sun. Oct 13th, 2024

“गुणस्तरीय शिक्षामा समुन्नत राष्ट्र, सभ्य समाज अनि भावी पींढीको सुन्दर भविष्य निहित हुन्छ” भन्ने विषयलाई आत्मसाथ गरी राष्ट्रको शिक्षा विकासमा नीजि क्षेत्रको संलग्नतामा महत्वपर्ूण्ा योगदान पुर्‍याउने उद्देश्य लिई २०३८ साल फाल्गुण १८ गते स्थापना भई सञ्चालनमा आएको भी.एस. निकेतन उच्च माध्यमिक विद्यालय संर्घष्ापर्ूण्ा आरोह-अवरोह पार गर्दै २५औं वर्षा प्रवेश गरेको छ ।
काठमाडौं उपत्यकाभित्र थुप्रै विद्यालय र कलेजहरु भए पनि चर्चित र पुराना विद्यालय/कलेजहरुको नाम लिनुपर्दा भी.एस. निकेतनको नाम सदैव अग्रणी स्थानमा रहेको छ । विद्यालयस्तर र ±२ -विज्ञान, वाणिज्य र मानविकी विषयहरु) अध्यापन हुने यस कलेज तथा उच्च माध्यमिक विद्यालय अधिराज्यका उत्कृष्ट विद्यार्थीहरु अध्यापन गराउने विद्यालयको रुपमा परिचित छ । आफ्ना सबै विद्यार्थीहरुलाई प्रत्येक वर्षउच्च अङ्कसहित उच्च प्रतिशतमा उत्तर्ीण्ा गराउन सफल यस विद्यालयका विद्यार्थीहरुले प्रत्येक वर्षशिक्षा मन्त्रालय, त्रि.वि.वि. चिकित्सा शास्त्र अध्ययन संस्थान, वि.पि. मेमोरियल धरान, जापनिज एवं भारतीय राजदूताबासबाट प्रदान गरिने छात्रवृत्ति कोटामा नियमित रुपमा सफलता हासिल गरेका छन् । शैक्षिक गुणस्तर र अनुशासित वातावरण कायम राख्न सफल यस कलेजमा अनुभवी र पुराना शिक्षक-शिक्षिकाहरुको समूह संलग्न रहेका छन् । विद्यालय/कलेजको आफ्नै सुविधा सम्पन्न भवन, उपयुक्त कक्षाकोठाहरु, सुसज्जित विज्ञान प्रयोगशाला र पुस्तकालय रहेको उच्च माध्यमिक विद्यालयमा अधिराज्यका ७५ जिल्लाबाट एस.एलसीं परीक्षामा उच्च अङ्क ल्याई उत्तर्ीण्ा गर्ने विद्यार्थीहरु अध्ययनरत रहेका छन् । उच्च माध्यमिक विद्यालयमा भर्नाको अवसरमा सिट पाउन अत्यन्त कठिन हुने यस संस्थाले अभिभावक र विद्यार्थीहरुको चाहनाअनुसार उत्कृष्ट एवं गुणात्मक शिक्षा प्रदान गर्न सफल रहेको पाइएको छ । भी.एस. निकेतन कलेजले दर्ुगम र उपत्यका बाहिरका जिल्लाबाट एस.एल.सी. परीक्षामा उत्कृष्ट अङ्क ल्याई सफल हुने विद्यार्थीहरुलाई प्रोत्साहनस्वरुप पर्ूण्ा तथा आंशिक विभिन्न छात्रवृतिहरु उपलब्ध गराउँदै आएको छ ।
भी.एस. निकेतन उच्च माध्यमिक विद्यालय तथा कलेजका संस्थापक प्रिन्सिपल डा. बाबुराम पोखरेल यो शैक्षिक संस्था नेपालको एक स्थापित र प्रतिष्ठित शैक्षिक संस्थाको रुपमा परिचित हुनुको पछाडि कुशल शैक्षिक व्यवस्थापन, सहुलित शुल्क, स्तरीय शैक्षिक एवं भौतिक सुविधा सम्पन्न पर्ूवाधार, प्रत्येक तहको उत्कृष्ट नतीजा, शिक्षक/शिक्षिकाहरुको मेहनत तथा अभिभावक र विद्यार्थीहरुको सहयोग नै मुख्य रहस्य भएको बताउनुहुन्छ । स्थापनाको २५औं वर्षो लामो शैक्षिक इतिहास बोकेको यस संस्थाले थुप्रै इन्जीनियर, डाक्टर, प्रशासक, उच्च व्यावसायिक व्यक्ति एवं विदेशमा समेत ख्याति प्राप्त गर्न सफल व्यक्तित्वहरु उत्पादन गरिसकेको छ । यस उच्च माध्यमिक विद्यालयबाट उच्च अङ्क ल्याई सफल हुने धेरै विद्यार्थीहरु छात्रवृत्तिअर्न्तर्गत मेडिकल, इन्जीनियरिङ र कम्प्यूटर कोर्स लिएर स्वदेश तथा विदेशमा अध्ययन गरिरहेका छन् । एमबर्ीइ इन्जीनियरिङ्ग आईटी मा स्वदेश तथा विदेशमा अध्ययन गरिरहेका विद्यार्थीहरुको संख्या पनि अत्यन्त ठूलो छ । केही विद्यार्थीहरु चार्टड एकाउन्टेन्ट भइसकेका र केही सो कोर्षअध्ययन गरिरहेका छन् । यस शैक्षिक संस्थामा हाल पर्ूवप्राथमिकदेखि स्नातक तह -बि.बि.ए.) सम्मका कक्षाहरु सञ्चालित छन् । भी.एस. निकेतनमा सञ्चालित सबै तह र कार्यक्रमहरुको बोर्ड परीक्षाको नतीजा उत्कृष्ट रहेका छन् । एस.एल.सी. परीक्षामा धेरै पटक बोर्डमा आफ्नो स्थान ओगट्न सफल यस उच्च माध्यमिक विद्यालयले एस.एल.सी परीक्षामा बोर्ड फार्स्ट समेत हालिस गर्न सफल रहेको छ । २०६६ सालमा नेपाल सरकारबाट उत्कृष्ट विद्यालय ९ द्यभकत क्अजयय यिा तजभ लबतष्यल० को रुपमा नगद तथा प्रमाणपत्र र सिल्डबाट सम्मानित भइसकेको कुरा पनि सहर्षजानकारी गराउँछौं । त्यसैगरी उच्च माध्यमिक तह कक्षा ११ र १२ को परीक्षामा समेत प्रत्येक वर्षउत्कृष्ट नतीजा सहित उच्च प्रतिशतमा विद्याथीहरु सफल हुने इतिहास कायम रहेको देखिन्छ । स्नातक तह -बि.बि.ए.) मा विद्यार्थीहरुको उत्कृष्ट नतिजा ल्याई उत्कृष्ठ स्थान डिन लिस्टको पुरस्कार समेत प्राप्त गरिसकेका छन् । भी.एस. निकेतनबाट २२ ब्याज विद्यार्थी एस.एल.सी. परीक्षामा, १७ ब्याज विद्यार्थी कक्षा कक्षा १२ को परीक्षामा र स्नातक तह -बि.बि.ए.) बाट ८ ब्याज विद्यार्थीहरुले उच्च सफलता हासिल गरी सुनिश्चित भविष्य एवं सफल कार्यक्षेत्रमा जुटिसकेका छन् ।



About Author

आप हमें फ़ेसबुक, ट्विटर और यूट्यूब पर फ़ॉलो भी कर सकते हैं.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...
%d bloggers like this: