Sat. Oct 17th, 2026
English मे देखने के लिए क्लिक करें

हिमालयन बैंकद्वारा भेरी अस्पताललाई नगद सहयोग हस्तान्तरण

 

नेपालगन्ज, हिमालयन बैंक लिमिटेड, नेपालगन्ज शाखाले भेरी अस्पताल नेपालगन्जलाई कोरोना संक्रमण प्रतिकार्यका लागि स्वास्थ्य सामाग्री खरीद गर्नका लागि नगद रु. १ लाख ५१ हजार रुपैयाँ सहयोग प्रदान गरेको छ ।
उक्त आर्थिक सहयोग वापतको चेक रकम हिमालयन बैंक लिमिटेड, नेपालगन्ज शाखाका शाखा प्रवन्धक शैलेन्द्रमान श्रेष्ठले भेरी अस्पताल नेपालगन्जका निमित्त प्रमुख तथा मे.सु. डा. खग्रेन्द्र जंग शाहलाई हस्तान्तरण गर्नु भएको हो ।
सो अवसरमा भेरी अञ्चल अस्पताल विकास समितिका सदस्य कृष्ण प्रसाद श्रेष्ठ र अस्पतालका मेट्रोनको पनि उपस्थिति थियो ।
हिमालयन बैंक लिमिटेड, नेपालगन्ज शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत भेरी अस्पताल, नेपालगन्जलाई कोभिड –१९ महामारी विरुद्धको लडाईमा अग्रपङ्तिमा खटिएका स्वास्थ्यकर्मी तथा सरसफाईकर्मीहरुको लागि आवश्यक पर्ने स्वास्थ्य सामाग्री तथा कोरोनाबाट संक्रमित विरामीहरुलाई आवश्यक पर्ने सामाग्री खरीद गर्नका लागि रु. १ लाख ५१ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको शाखा प्रवन्धक श्रेष्ठले बताउनु भयो ।

यह भी पढें   विराटनगर में महाराजा अग्रसेन की 5150 वी जयंती पर विभिन्न कार्यक्रम

About Author

आप हमें फ़ेसबुक, ट्विटर और यूट्यूब पर फ़ॉलो भी कर सकते हैं.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

WP2Social Auto Publish Powered By : XYZScripts.com