भीएस निकेतन नै किन –
जहाँ सदैव बढी प्रतिशत अङ्क ल्याई विद्यार्थीहरु उत्तर्ीण्ा हुने गर्दछन् र जहाँका विद्यार्थी अध्ययनपछि हरेक प्रतिस्पर्धामा सफल हुन्छन्, त्यही कलेज विद्यार्थीहरुको पहिलो रोजाइमा हुन्छ। भी.एस. निकेतन कलेजमा विद्यार्थीहरुले चाहेअनुसार यी सबै सुविधा अग्रस्थानमा रहेको हुँदा उत्कृष्ट विद्यार्थीहरुको पहिलो रोजाई भी.एस. निकेतन कलेज नै हुने गरेको छ। 
एस.एल.सी परीक्षामा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीहरुको रोजाइ पनि भी.एस. निकेतन कलेज रहेको छ। प्रायः डिस्टिङ्शन ल्याउने विद्यार्थीहरुसँग प्रतिस्पर्धा गर्न पाउने र नियमित अनुशासित एवं शान्त वातावरणमा अत्यन्त अनुभवी र पुराना शिक्षकहरुबाट अतिरिक्त सामाग्री सहित अध्यापन गराउने तथा बोर्ड परीक्षामा विद्यार्थीले प्राप्त गरेको अङ्कको प्रतिशत पनि अत्यन्त उच्च रहने हुँदा उत्कृष्ट विद्यार्थीहरुको रोजाइ पनि भी.एस. निकेतन कलेज रहेको छ।
एस.एल.सी परीक्षामा उत्कृष्ट अङ्क ल्याई भी.ए. निकेतन कलेजमा अध्ययन गर्न आउने विद्यार्थीहरुले प्राप्त गरेको अङ्क र स्थानलाई उच्च सम्मान गरी सोको प्रोत्साहन स्वरुप विभन्न छात्रवृत्तिहरु प्रदान गर्दै आएको छ। साथै जिल्ला प्रथम, दर्ुगम क्षेत्र, छात्रा, मेहनती र दलित विर्द्यर्थीहरुको लागि पनि विशेष छात्रवृत्ति कोटा तोकी वितरण गर्दै आएको छ।
अनुशासित वातावरण, नैतिक शिक्षाको माध्यमबाट चरित्र निर्माणमा जोड, सहूलियत शुल्क, प्रतिस्पर्धाको अवसर, उच्च स्तरको नतीजा, नतीजा प्रकाशनपछि सजिलै मेडिकल र इन्जिनियरिङ्ग अध्ययनको अवसर, नियमित शिक्षकहरुसँग अन्तरक्रिया तथा विद्यार्थीहरुलाई मायालु वातावरणमा अध्यापन गर्न पाइने अवसर आदि विषयहरुले नै भी.एस. निकेतनमा आफन्ा विद्यार्थीहरु राख्न अभिभावक वर्गलाई प्रेरित गरेको छ।
भी.एस. निकेतन कलेजबाट प्रत्येक वर्षवि.पि. मेमोरियल, आइओएम शिक्षा मन्त्रालय, विदेशी दूतावासहरु, निजी कलेजहरुमा छात्रवृत्ति हासिल गर्न पनि आफूलाई अग्रस्थानमा राखेका छन्। प्रत्येक वर्षभी.एस. निकेतनको विद्यार्थीहरुले सफलता हात पारिरहेका छन्।
आफैं निजी खर्चमा एमबीबीएस, इञ्जिनियरिङ, आईटीमा स्वदेश तथा विदेशमा अध्ययन गरिरहेका विद्यार्थीहरुको संख्या अत्यन्त ठूलो छ।
गुणस्तरीय शिक्षाको माध्यमबाट राष्ट्रको शिक्षा विकासमा पुर्याएको महत्वपर्ूण्ा योगदानको कदर गर्दै नेपाल सरकार र उच्च माध्यमिक शिक्षा परिषद्बाट उत्कृष्ट शैक्षिक संस्थाको रुपमा पुरस्कृत यस भी.एस. निकेतन कलेजमा आफ्नै सुविधा सम्पन्न भवनहरु, भवनमा पर्याप्त शैक्षिक पर्ूवाधार, पुस्तकालय, प्रयोगशाला, कम्प्युटर ल्याब, सेमीनार भवन, रिसोर्स कक्षा, इन्टरनेट, इमेल सम्पर्ूण्ा सुविधा रहेको छ।
विद्यार्थीहरुको लागि आवश्यक सम्पर्ूण्ा शैक्षिक एवं भौतिक सुविधा सम्पन्न काठमाडौंको मुटु मीनभवनमा अवस्थित रहेको भी.एस. निकेतन कलेज सबैको आकर्षाको केन्द्र र विद्यार्थीहरुको पहिलो रोजाइ हुन पुगेको छ।
मध्यमवर्गीय परिवारका छोरा-छोरीको छनौटमा पर्छ भी.एस. निकेतन। कारण यसको शुल्क मध्यमवर्गले धान्नसक्ने खालको छ। यही कारणले राजधानी बाहिरका विद्यार्थीहरुको रोजाइमा पनि यो रहेको छ। यो उच्च मा.वि.मा ६० जिल्लाका विद्यार्थीहरु पढ्छन्। तर, सस्तोको अर्थ जो कोही सजिलै भर्ना हुन सक्छन् भन्ने होइन। अन्तरवार्ता र प्रवेश परीक्षा दुवै पार गर्नुपर्छ भर्ना हुनाका लागि। तै पनि तीन हजारभन्दा बढीको आवेदन पर्ने गरेको दावी संस्थापक प्रधानाचार्य बाबुराम पोखरेलको छ।
यसपालि पनि ५ सय २० जना भर्ना गर्ने लक्ष्य भीएसको छ। यद्यपि, प्रेसर भएमा थप ४० जनालाई लिने तयारी गरिसकेको छ यसले।
प्रधानाचार्यपछि १४ जना संयोजक छन्, उच्च मावि सञ्चालनका लागि। त्यसैले व्यवस्थापन र शिक्षाको तालमेलको नतिजा राम्रो भएको भनाई प्रधानाचार्य पोखरेलको छ।
पछिल्लोपटक भीएसले केही विषयको ‘क्रेडिट आवर’ थप गरेको छ। साथै, पाठ्यक्रममा अतिरिक्त सामग्री तयार पारी विद्यालय आफैंले विद्यार्थीहरुलाई दिने गरेको छ। तीनै संकाय अध्यापन गराइने भीएसमा यस पटक ‘मास कम्युनिकेशन’ तथा ट्राभल एण्ड टुरिज्म’ जस्ता विषय थपिएका छन्, साथै थपिए, विज्ञान प्रयोगशालाहरु पनि। प्रधानाचार्य पोखरेल भन्छन्, ‘समय-समयमा परिवर्तन र पुरस्कृत गर्नु नै अहिलेको आवश्यकता हो।’
‘गुणस्तरयुक्त शिक्षामा नै समुन्नत राष्ट्र, सभ्य समाज र भावी पिंढीको सुन्दर भविष्य निहित रहेको हुन्छ’ भन्ने अवधारणा लिई राष्ट्रको शिक्षा विकासमा निजी क्षेत्रको संलग्नतामा महत्वपर्ूण्ा योगदान पुर्याउने उद्देश्य लिई २०३८ सालमा स्थापित भी.एस. निकेतन आफ्नो सफलताको २५औं वसन्तमा प्रवेश गरेको छ। काठमाडौं उपत्यका भित्र चर्चित र पुराना विद्यालय/कलेजहरुको नाम लिनुपर्दा भी.एस. निकेतनको नाम सदैव अग्रणी स्थानमा आउने गर्छ। यस शैक्षिक संस्थामा विद्यालय स्तरको शैक्षिक कार्यक्रमहरु, उच्च माध्यमिक शिक्षा ±२ तहका विज्ञान, वाणिज्य र मानविकी विषयहरुका साथै स्नातक तह व्यवस्थापन संकाय -४ वर्षो बी.बी.ए.) को कार्यक्रमहरु सफलतापर्ूवक सञ्चालनमा रहेका छन्। उच्च माध्यमिक -±२) तहको विज्ञान र वाणिज्य संकायको उत्कृष्ट अध्यापन हुने संस्थाको रुपमा परिचित यस कलेजमा अधिराज्यका ७५ जिल्लाबाट एस.एल.सी. परीक्षामा उच्च अङ्क ल्याई उत्तर्ीण्ा गर्ने विद्यार्थीहरु अध्ययनरत रहेका छन्। आफ्ना सबै विद्यार्थीहरुलाई प्रत्येक वर्षउच्च अङ्कसहित उच्च प्रतिशत -डिस्टिङ्सन) मा उत्तर्ीण्ा गराउन सफल यस कलेजका विद्यार्थीहरुले प्रत्येक वर्षशिक्षा मन्त्रालय, त्रि.वि.वि. चिकित्सा शास्त्र अध्ययन संस्थान, वि.पि. मेमोरियल धरान, जापानिज एवं भारतीय दूतावासबाट प्रदान गरिने छात्रवृत्ति कोटा प्राप्त गर्न नियमित रुपमा सफलता हासिल गरेका छन्। शैक्षिक गुणस्तर र अनुशासित वातावरण कायम राख्न सफल यस कलेजमा अनुभवी र पुराना शिक्षक/शिक्षिकाहरुको समूह संलग्न रहेको छ। भी.एस. निकेतनमा आफ्नै सुविधा सम्पन्न भवनहरु, उपयुक्त कक्षाकोठाहरु, सुसज्जित विज्ञान प्रयोगशाला, पुस्तकालय एवं अन्य आवश्यक सम्पर्ूण्ा शैक्षिक सुविधाहरु उपलब्ध छन्। भी.एस. निकेतन कलेजले दर्ुगम र उपत्यका बाहिरका जिल्लाबाट एसएलसी परीक्षामा उत्कृष्ट अङ्क ल्याई सफल हुने विद्यार्थीहरुलाई प्रोत्साहन गर्न पाउने र नियमति अनुशासित एवं शान्त वातावरण रहने हुँदा उत्कृष्ट विद्यार्थीहरुको छनौट भी.एस. निकेतन कलेज नै हुने गरेको पाइन्छ।
प्रतिस्पर्धाको अवसर, सहुलियित शुल्क, पर्याप्त भौतिक एवं शैक्षिक सुविधा, अनुशासित वातावरण, चरित्र निर्माणमा जोड, उच्च स्तरको नतीजा, नतीजा प्रकाशनपछि सजिलै मेडिकल र इन्जिनियरिङ्ग अध्ययनको अवसर, नियमित शिक्षकहरुसँग अन्तरक्रिया तथा विद्यार्थीहरुले स्वस्थ शैक्षिक वातावरणमा अध्ययन गर्न पाउने अवसर आदि विषयहरुले नै भी.एस. निकेनतमा आफ्ना विद्यार्थीहरु राख्न अभिभावक वर्गलाई प्रेरित गरेको देखिन्छ।
भी.एस. निकेतनले आफ्नो २४औं वर्षो यात्रामा राष्ट्रिय र अन्तर्रर्ााट्रयस्तरमा प्रतिस्पर्धा गर्न सक्षम हजारौं जनशक्तिको उत्पादन गरिसकेको छ। त्यसैले यसले मुलुकको शिक्षा क्षेत्रको विकासमा पुर्याएको योगदानलाई खुल्ला हृदयले प्रशंसा गर्नै पर्दछ।

