Sat. Apr 18th, 2026
English मे देखने के लिए क्लिक करें

व्हिलचेयर सहयोग प्रदान

 

६चैत , वीरगञ्ज। उपकार सेवा नेपाल र क्विन ज्वेलर्स को सम्पूर्ण समन्वय तथा सहयोगमा पर्सा जिल्लाको बिरगंज महानगरपालिकाको वार्ड न. ११को एक जना शारीरिक अपाङ्गता भएको हिड डुल गर्न नसक्ने व्यक्तिको घरमै पुगि व्हिलचेयर सहयोग प्रदान गरिएको छ!
५५बर्षिय लालबाबु नेपाली ,बिरगंज ११ मिर्ली चौक बस्नेले , शारीरिक अस्वस्थताका कारण हात खुट्टा काम गर्न छोडि पुर्णरूपमा शारीरिक अपांग भएको छ ! उनलाई हिड डुल गर्न सक्ने अवस्था छैन !२बर्ष देखि ओच्छयानमै बस्न बाध्य छ! घर परिवारको व्यक्तिहरुले कष्टपुर्ण रुपले लालनपालन रहेको अवस्था अवगत पाए पछि संस्थाको अध्यक्ष निजको घरमै पुगि ह्विलचेयर सहयोग गरेको छ।
निज अपाङ्गता भएको व्यक्तिहरुलाई ह्वीलचेयर हस्तान्तरण गर्ने कार्यक्रममा उपकार सेवा नेपाल को अध्यक्ष बिध्या कुमारी सरावगी, सामाजिक अभियन्ता प्रकाश थारु समाज सेविहरु अमर सर्राफ,प्रजव्लमान डङ्गोल दिप्पु बर्णवाल सम्बन्धीत वार्डको वार्ड अध्यक्ष अजय चौरासिया तथा स्थानीय भद्रभलादमी हरुको उपस्थिति रहेको थियो।
यसअघि पनि यो संस्थाले विभिन्न दूरदराज को गाउँठाउँहरुमा पुगि असहाय निसहायहरुलाई आवश्यकता अनुसारको सहयोग गर्दै आईरहेको छ!

About Author

आप हमें फ़ेसबुक, ट्विटर और यूट्यूब पर फ़ॉलो भी कर सकते हैं.

Leave a Reply

Your email address will not be published. Required fields are marked *