हथियार से भरे कंटेनर की चाभी सरकार को सौंपने पर वैद्य पक्ष की आपत्ति
माओवादी लडाकुओं के शिविर में रहे हथियार और कंटेनर को सरकार ए हवाले करने के पार्टी अध्यक्ष प्रचण्ड तथा प्रधानमंत्री बाबूराम भट्टराई के निर्नय को गलत ठहराते हुए मोहन वैद्य किरण समूह ने इसे आत्मघाती निर्णय बताते हुए जनमुक्ति सेना को विघटन करने का षडयंत्र बताया है।
आज शाम माओवादी अध्यक्ष प्रचण्ड के निर्देशन पर लडाकु शिविर वहां रखे हथियार और हथियारों से भरे कंटेनर की चाभी सेना समायोजन विशेष समिति के हवाले कर दिया गया है। इस फैसले के विरोश में आज वैद्य पक्षधर नेताओं ने बैठक कर एक विज्ञप्ति जारी की है।
विज्ञप्तिको पूर्ण पाठ
बृहत शान्ति सम्झौंता अनुरुप नयाँ संविधान निर्माण र सेना समायोजनलाई सार्थक निष्कर्षमा पुर्याउने प्रतिबद्धताप्रति हाम्रो पार्टी दृढ रहिआएको छ । यी दुवै कार्यभार एकै साथ पूरा गर्नुपर्ने कुरा पनि हामीले स्पष्ट पार्दै आएका छौं । शान्ति प्रक्रियाको एउटा महत्वपूर्ण अंग सेना समायोजन भएको कुरामा दुई मत हुन सक्तैन । सेना समायोजनको प्रक्रियालाई हामीले सहमतिका साथ अघि बढाउँदै आएको कुरा पनि सर्वविदीतै छ ।
हाम्रो पार्टीका विभिन्न स्तरका बैठकहरुमा सम्मानजनक रुपमा सेना समायोजन गर्नेबारे पटक पटक निर्णयहरु हुँदै आएको कुरा स्पष्ट नै छ । सेना समायोजनको प्रक्रियामा मोडालिटी र पुनस्र्थापनाको प्याकेज आदि कुरा टुंगिएपछि पुर्नवर्गीकरण गर्ने निर्णय रहँदै आइरहेकोमा, पार्टीको केन्द्रीय समिति तथा स्थायी समितिको निर्णय विपरीत हिंजो बसेको ‘सेना समायोजन सम्बन्धी विशेष समिति’ द्वारा आज दिनको ५ बजे विशेष समितिलाई कन्टेनर र हतियारको चाभी बुझाउने भन्ने आकस्मिक तथा आश्चर्यजनक रुपमा जुन निर्णय गरिएको छ त्यो जनमुक्ति सेनालाई निशस्त्र पारी विघटन गर्ने निर्णय हो । हामी यसप्रकारको निर्णयको घोर विरोध तथा भत्र्सना गर्दछौं र यो आत्मघाती निर्णयलाई अबिलम्ब खारेज गर्न सबै सम्बद्ध पक्षलाई हार्दिक अपिल गर्दछौं ।nepalkikhabar.com

